८. आयुर्वेद अनुसन्धान
८.१ आयुर्वेद औषधी, औषधी द्रव्य, प्रयोग तथा आयुर्वेद चिकित्सासँग सम्बन्धित विषयमा अन्तर्राष्ट्रिय स्तरको अनुसन्धानको लागि आवश्यक साधन सम्पन्न आयुर्वेद अनुसन्धान संस्थाको स्थापना गरिनेछ ।
८.२ देशमा उपलब्ध आयुर्वेदीय हस्तलिखित ग्रन्थहरूको संरक्षण, अभिलेख, बैंक, सन्दर्भ पुस्तकालयको स्थापना र समसामयिक सन्दर्भ ग्रन्थको प्रकाशन गरिनेछ ।
८.३ देशमा उपलब्ध जडिबुटीहरूको संरक्षण, खेती, प्रबद्र्धन, प्रयोग प्रविधि, वातावरणीय शिक्षा सम्बन्धी पत्रपत्रिका पुस्तक प्रकाशन तथा राष्ट्रिय अभिलेख तयार गरिनेछ ।
८.४ परम्परागत स्वास्थ्यकर्मीहरूको ज्ञानको संरक्षण एवं सान्दर्भिकतालाई अक्षुण राख्ने अभियान चलाइनेछ ।
८.५. उपयुक्त कार्यहरूका लागि आयुर्वेद अनुसन्धान संस्थान, राष्ट्रिय आयुर्वेद अध्ययन संस्थान, आयुर्वेद चिकित्सालयहरू, सरकारी तथा गैह्र सरकारी आयुर्वेद औषधी कम्पनीहरू एवं अन्य सम्बद्ध अनुसन्धान संस्थाहरूसँग समन्वय राखिनेछ ।